सयपत्री हाइड्रोपावरको आईपीओमा भोलि सम्म आवेदन दिन सकिने

DaksuMedia bankbima
|
२०७९ श्रावण १६

काठमाडौं १६, साउन २०७९ सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १७ गते सम्म लगानी गर्न सक्ने छन ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

Visited 8 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्