बैंक मर्जपछि नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

DaksuMedia bankbima
|
२०७९ असार २९

काठमाडौं २९, असार २०७९ नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ आंै वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।


अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे ।

देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्