एनआईबिएलमा आजीवन डिम्याट र मेरोशेयर नविकरण योजनाको म्याद थप

DaksuMedia bankbima
|
२०७९ असार २१

काठमाडौं २०, असार २०७९ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्