गोरखाको पालुङटारमा नेपाल फाइनान्सको बाह्रौं शाखा

DaksuMedia bankbima
|
२०७९ जेष्ठ १८

काठमाडौ १८ जेठ २०७९ ।
नेपाल फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं शाखा कार्यालय वुधबार देखि गोरखा जिल्लाको पालुङटार न.पा.वडा नं. ५ ठाँटीपोखरीमा शुभारम्भ गरेको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक द्रिपश शाक्यले गर्नुभएको थियो ।
निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ«े, धनुषाको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । त्यसैगरी काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टरको सेवा प्रदान गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जानकारी गराउनु भयो ।

कार्यक्रममा संस्थाका संचालकहरु दिप्रश शाक्य , राजन प्रजापती र बिकेश शाक्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमको साथै स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधि, पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय विभिन्न स्कुल तथा कलेजका प्राचार्य, स्थानीय बुद्धिजिवी र समाजसेवी महानुभावहरुको उपस्थिति रहेको थियो ।
संस्थाले आधुनिक बैंकिङ्ग सेवाको साथै Corporate Pay, Connect IPS, IPS, RTGS, Digital Banking, Mobile Banking एवम Debit Card को सेवा समेत सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरेको जानकारी गराएको छ ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्