|
२०७९ बैशाख १८
राष्ट्र बैंकको बचत पत्र किन्दा ११ प्रतिशत ब्याज पाइने भएको छ। राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो।
राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक बचत पत्रको ब्याजदर ११ प्रतिशत तोकिएको छ। चार वर्षमा परिपक्व हुने यो बचत पत्रमार्फत् राष्ट्र बैंकले २ अर्ब रूपैयाँ उठाउन लागेको हो। यस्तो बचत पत्रको ब्याज भुक्तानी ६/६ महीनामा हुन्छ।
यसमा किम्तमा १० हजार रुपैयाँसम्म लगानी गर्न सकिन्छ। यस्तो बचत पत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ४ अर्ब रुपैयाँको बचत पत्र निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यो वैशाखदेखि असारसम्ममा मात्रै ३ अर्ब ३ करोड रुपैयाँ उठाउन लागेको हो।
Visited 10 times, 1 visit(s) today



bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्