बैंक अफ काठमाण्डू र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच सम्झौता

DaksuMedia bankbima
|
२०७९ जेष्ठ १२

काठमाडौं १२, जेठ २०७९ बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७% तथा १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १०%सम्मको छुट पाउन सक्नेछन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्