आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

DaksuMedia bankbima
|
२०७९ जेष्ठ १५

काठमाण्डौ १५ जेठ २०७९ ।

आगामी आर्थिक वर्षको लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवको लागि १७ खर्ब ४५ अर्बको बजेट सीमा पठाएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको लागि ल्याएको बजेटले चालु खर्चमा ७ खर्ब ५३ अर्ब, ३ खर्ब ८० अर्ब पुँजीगत खर्चमा र वित्तीय व्यवस्थामा २ खर्ब ३० बजेट छुट्याएको छ।

सरकारले १२ खर्ब ४० अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुटाउने र २ खर्ब ४२ अर्ब वैदेशिक ऋण लिने भएको छ। सरकारले आगामी आवमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्