☰ open

आईपीओ निष्कासन गर्न तीन कम्पनीको बोर्डमा निवेदन

२ वर्ष
bankbima

काठमाडौं ०५ बैशाख २०७९।

धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटल लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

कालिञ्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत १५ गते निवेदन दिएको र उक्त आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यसैगरी हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत २५ गते बोर्डमा निवेदन दिएको हो । त्यसैगरी सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न चैत ३० गते बोर्डमा निवेदन दिएको हो । यी दुबै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यी कम्पनीले आईपीओ निष्कासन अनुमति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया