bankbima

काठमाडौं २८ चैत्र २०७८।
स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । एक औपचारिक समारोहको आयोजना गरी बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीज्यूको उपस्थितीमा माननीय राज्यमन्त्री श्री भवानी प्रसाद खापुङज्यूबाट उक्त सेवाको सुभारम्भ गरिएको हो । यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।
नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् । उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बोेर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पु¥याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।
बीमीतहरुले बीमा नवीकरण भुक्तानीको लागि कनेक्टआइपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको अन्तर्गत छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी घरमुलीको बीमा संख्या राखी ूःबपभ एबथmभलतू मा क्लिक गर्नुपर्ने हुन्छ र आफ्नो परिवारको घरमुलीको नाम सहित जम्मा सदस्य संख्या यकीन गरी भुक्तानीको विवरण रुजु गरे पश्चात आफ्नो त्चबलकबअतष्यल एबककधयचम÷इत्ए प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिन्छ ।
हाल यस अयललभअतक्ष्एक् प्रणाली मार्फत बीमा समितिको अभिकर्ता र सर्भेयरको इजापत पत्र नवीकरणको भुक्तानी, ३१ भन्दा बढी जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम)को संकलनका साथै नेपाल सरकार लगायतका विभिन्न निकायहरुको कारोबारहरु हुदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया