३ वर्ष
bankbima

काठमाडौं ।
आगामी बैशाख ९ गते आईएमई जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा आव्हान गरेको छ । सो दिन बिहान १० बजे कम्पनीले काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेट्समा आफ्नो २६औं वार्षिक साधारण सभा डाकेको हो ।
सभाले कम्पनीको अधिकृत पुँजी वृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्तावलाई पारित गर्दै छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावलाई सभाले पारित गर्दैछ ।
हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ७ प्रतिशत बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया