bankbima

काठमाडौं–१८ चैत्र, २०७८
बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको वार्षिक इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुनेगरी समितिले उक्त सेवाको चैत्र ८ गते आधिकारिक सुरुवात गयो । सोे पश्चात् हाल १० दिनमा १६,००० भन्दा बढि अभिकर्ता तथा सर्भेयरले उक्त सेवा लिइसके छन् । अनलाइन भुक्तनी मार्फत रु ४१ लाख भन्दा बढिको नवीकरण शुल्क संकलन भएको छ ।
समितिले डिजिटल माध्यमबाट नै वार्षिक इजाजतपत्र नवीकरणको सुविधा दिएसँगै भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अभिकर्ता तथा सर्भेयरहरुले अनलाइन माध्यमबाट नवीकरण र भुक्तनी गर्न पाउदा उक्त कार्य निकै सहज भएको छ ।
हाल एनसीएचएलको कनेक्टआइपीएस तथा कर्पोरेटपे प्रणालीहरु मार्फत आफ्नो बैंक वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी र भर्खरै सुरु गरिएको प्रणालीलाई थप सुदृढ र परिस्कृत समेत गर्नको लागि आवश्यक प्राविधिक कार्य समेत भइरहेको छ । अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्टआइपीएस ( www.connectips.com वा मोबाईल एप) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको “ æGovernment of Nepal अन्तर्गत Semi-Government/Sansthan” भित्र Beema Samiti छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी आफ्नो भुक्तानी आवश्यकता अनुरुप Agent Payment वा Surveyor Payment छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी æAgent Payment का निम्ती Licence Number, Issue Date, Type of Agent / Issuer Name र Issuer Name को विवरण दाखिला गरी आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ । त्यसैगरी æSurveyor Payment का निम्ती Surveyor Code, License Issue Date र Type of Surveyor को विवरण दाखिला गर्नुपर्ने हुन्छ । CORPORATEPAY प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत Government Payment भित्र Beema Samit छनोट गरी अभिकर्ता तथा सर्भेयरको भुक्तानी गर्न सक्न व्यवस्था रचेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया