राष्ट्रिय वाणिज्य बैंकद्धारा देशप्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

DaksuMedia bankbima
|
२०७८ चैत्र १५

काठमाडौं १५ चैत्र २०७८। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम गत चैत्र ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको हो ।बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

Visited 7 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्