☰ open

उपकार लघुवित्तको आईपीओ निष्कासन गर्ने मिति तय

३ वर्ष
bankbima

काठमाडौं १६ चैत्र २०७८।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने मिति तय गरेको छ । २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कान गर्न लागेको हो । उक्त शेयरमा चैत २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

जारी पूँजीको शुन्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरीएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सार्वजनिक निष्कासन गरिने छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३६ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया