☰ open

धौलागिरी लघुवित्तको आईपीओ जारी गर्ने तयारी

३ वर्ष
bankbima

काठमाडौं ०२ फागुन २०७८। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया