|
२०७८ मंसिर ४
काठमाडौं ४, मंसिर २०७८
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.५२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्ष कम्पनीले १ अर्ब ४९ करोड ३६ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बीमा शुल्कसँगै नाफा पनि ४२.५२ प्रतिशतले बढेर ३ करोड ४४ लाख पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड ४१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
युनियनको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानी अनुपात ९१.२ गुणा रहेको छ ।
Visited 8 times, 1 visit(s) today



bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्