|
२०७८ आश्विन १७
काठमाडौं १७ असोज २०७८।
साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ।कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
Visited 6 times, 1 visit(s) today



bankbima










तपाईको प्रतिक्रिया दिनुहोस्