सर्वसाधारणका लागि मध्य भोटेकोशीको ९० लाख कित्ता आइपीओको बिक्री खुला

DaksuMedia bankbima
|
२०७८ आश्विन २०

काठमाडौं २०, असोज २०७८।

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। अंकित मूल्य १ सयका दरले कुल ९० लाख कित्ता अर्थात् ९० करोड रुपैयाँको आइपिओ खुला गरिएको हो। त्यसमध्ये मध्यभोटेकोशी जलविद्युत कम्पनीका कर्मचारीका लागि ३ लाख ६० हजार कित्ता छुट्याइएको छ।

त्यस्तै म्यूचुअल फण्डहरूका लागि ४ लाख ५० हजार कित्ता छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ।बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। 

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्