|
२०७८ कार्तिक १०
काठमाण्डौ १० कार्तिक २०७८ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे हुने जानकारी गराएको हो । कम्पनीले असोज २० गते देखि २५ गते सम्म ९० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल शेयर मध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको हो ।यस आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।
Visited 6 times, 1 visit(s) today



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्