४ वर्ष
bankbima

काठमाडौँ, ३ असोज २०७८ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण्मा कुल रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल कित्तामध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया